कांग्रेसको भविस्यवानी– वर्तमान गठबन्धनको आयु लामो छैन् | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेसको भविस्यवानी– वर्तमान गठबन्धनको आयु लामो छैन्

काठमाडौं । नेपाली काँग्रेसले वर्तमान सत्ता गठबन्धनको आयु लामो नरहेको ठोकुवा गरेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डाक्टर प्रकाशशरण महतले यस्तो बताउनुभएको हो । राजावादीदेखि गणतन्त्र नै ठिक हो र संघीयता बिरोधीदेखि संघीयता आवश्यक छ भन्नेसम्म सहभागी भएकाले गठबन्धन लामो समय नटिक्ने उहाँको दाबी थियो । प्रवक्ता महतले काँग्रेसले नभइ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नै तत्कालीन गठबन्धन तोडेको आरोप लगाउनु भयो ।

काँग्रेसलाई नयाँ नेतृत्वको विकल्प माओवादी अध्यक्ष दाहाललाई दिनुपर्छ भन्नेसम्मको समय पनि प्राप्त नभएको प्रवक्ता महतको भनाइ थियो । सरकारलाई अवसर केन्द्रित गठबन्धनको संज्ञा दिँदै उहाँले गठबन्धनमा पदीय चाहना बाहेक विचार, दृष्टिकोणमा एकता नरहेको टिप्पणी गर्नुभयो ।

प्रवक्ता महतले काँग्रेस सशक्त प्रतिपक्षको रुपमा संसदमा प्रश्तुत हुने प्रतिवद्धता जनाउनु भयो । आगामी दिनमा पार्टी संगठन बिस्तार, पार्टीमा एकता, व्यक्तिकेन्द्रित नभइ विषय र लक्ष्य केन्द्रित भएर काम गर्ने उहाँको भनाइ थियो । यसैबीच काँग्रेसले पुस २८ गते १ बजेका लागि केन्द्रिय समितिको बैठक बोलाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);