लोकतान्त्रिक समाजवादी पार्टी “लोसपा” पनि गठबन्धन सरकारमा सहभागी हुने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लोकतान्त्रिक समाजवादी पार्टी “लोसपा” पनि गठबन्धन सरकारमा सहभागी हुने संकेत

सन्दिप शर्मा,
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि गठबन्धन सरकारमा सहभागी हुने र आगामी संघ प्रदेशको चुनावमा लोसपाले पनि गठबन्धन दलसँग तालमेल गर्ने भन्ने समाचारहरु बाहिरिएका छन् । तर दुवै दलका नेताले भने यस कुरालाई स्वीकार गरेका छैनन् ।

सर्वोच्च अदालतको परमादेश पछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिने बेलामा लोसपाले पनि सरकारलाई विश्वासको मत दिएको थियो । विश्वासको मत दिए पनि हालसम्मे लोसपा सरकारमा सहभागी भएको छैन । लोसपाले आफुले उठाएको मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म सरकार नजाने अडान राख्दै आएको छ । यही बीचमा लोसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार ज्ञापनपत्र बुझायो । सोही ज्ञापनपत्र लोसपाका लागि सरकारमा जाने पहिलो खुड्किलो बन्यो भन्ने अड्कलबाजीका बीच दुवै दलका नेताहरुले भने यसलाई स्वीकार गर्न मानिरहेका छैनन् । नेपाली कांग्रेसका प्रवत्ता प्रकाशशरण महतले हाल सम्म सरकारमा पाँच दलिए गठबन्धन नै कायम रहेको र लोसपालाई सरकारमा ल्याउने कुरा गठबन्धनमा गम्भिर रुपमा कुनै पनि छलफल नभएको बताएका छन् । उनले लोसपावा अन्य जुन कुनै दललाई सरकारमा सहभागी गराउने अहिले कुरा नभएको यो बजार हल्लाका रुपमा मात्रै रहेको बताएका छन् ।

त्यसो त स्थानियतहको निर्वाचन भन्दा अगावै पनि लोसपा सरकारमा सहभागि हुने हल्ला नचलेको पनि होइन । गत चैतमा लोसपाले उठाएको मधेश आन्दोलनको मुद्दा र नागरिकता विधेकलाई छलफलमार्फत समाधान गर्ने भन्दै सरकारले सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सदस्य रहेको अनौपचारिक कार्यदल नै गठन गरिएको थियो । तर त्यसमा ठोस प्रगति हुन नसक्दा लोसपा सरकारमा पनि सहभागी भएन र स्थानीय निर्वाचनको तालमेलमा अटाएन । अहिले पुनः राजनीतिक वृत्तमा लोसपा सरकारमा सहभागी चर्चा छ तर कांग्रेस प्रवक्ता महतजस्तै लोसपाका प्रवक्ता केशव झा पनि उक्त कुरा बजार हल्ला मात्रै रहेको बताउँछन् । लोसपा र सरकार दुवै पक्ष बिचमा सरकारमा सहभागी हुने वा नहुे भन्ने कुरा छलफल नभएको बताउँदै लोसपा आफ्नो मुद्दामा केन्द्रीत रहेको बताए ।

कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा रहेको ५ दलिय गठबन्धनको सरकारमा लोसपा पनि थपिन आयो भने ६ दलीय गठबन्धनको सरकार बन्ने छ । लोसपा अध्यक्ष महन्थ ठाकुर नै पूर्व कांग्रेसी भएकाले गठबन्धनका अन्य दल भन्दा कांग्रेस, लोसपाको सिद्धान्त धेरै मिल्ने हुनाले कांग्रेसको लागि लोसपा स्वभाविक मित्र शक्तीका रुपमा रहन सक्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् । लोसपा सरकरमा सहभागी हुने नहुने कुरा अलगै हो अहिलेको गठबन्धन कम्यिुनिष्ट पार्टी संग भएको भन्दै कांग्रेसका लागि हरेक हिसाबले लोसपा संग गठबन्धन गर्दा फाईदा हुने आचार्य बताउँछन् ।

लोसपा र कांग्रेसका नेताहरुले लोसपा सरकारमा जाने कुरामा अहिलेसम्म छलफल नभएको बताए पनि यो अब ओपन सेक्रेट भइसकेको छ । मन्त्री फेरबदलको किचलोले सत्ता गठबन्धनका दलहरुबीच उत्पन्न विवादले कदाचित अल्पमत पर्ने अवस्था आएमा लोसपालाई साथ लिएर बजेट पारित गर्नुपर्ने भयो भने प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा सामेल गराउनुभयो भने कुनै आश्चर्य हुनेछैन ।

भिडियो रिपोर्ट :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);