चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान, बुधवार साँझ उद्घाटन गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान, बुधवार साँझ उद्घाटन गर्ने तयारी

काठमाडौँ  ।   

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने ७ दशमलव ९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । महानगर प्रमुख चिरिबाबु महर्जनकाअनुसार बालकुमारीदेखि बल्खु हुँदै सानेपासम्मको चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट प्रणाली जडान गरिएको हो । स्मार्ट स्ट्रिट लाइट प्रणाली नेपालमै पहिलोपटक ललितपुर महानगरपालिकाले उहाँले दाबी गर्नुभयो । स्मार्ट स्ट्रिट लाइट प्रणालीको जडान कार्य सम्पन्न भइसकेकोले अब उद्घाटनको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार बुधवार बेलुका बालकुमारी पुलबाट बत्ती बालेर स्मार्ट स्ट्रिट लाइटको औपचारिक शुभारम्भ गरिनेछ । महानगरले सोमबार आयोजना गरेको चिकित्सकसहितको एम्बुलेन्स सेवा सुभारम्भ कार्यक्रममा उहाँले उक्त जानकारी दिनुभएको हो । महानगरपालिकाले चक्रपथबाहेक महानगरभित्रका मुख्य सडकहरूमा समेत स्मार्ट स्ट्रिट लाइट जडान गरिसकेको महर्जनले जानकारी दिनुभयो ।

चक्रपथ क्षेत्रमा बत्ती सञ्चालनमा आएपछि ललितपुर महानगरपालिका रातको समयमा समेत थप उज्यालो र सुरक्षित देखिने उहाँको भनाइ छ । स्मार्ट स्ट्रिट लाइट सञ्चालनपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट रातिको समयमा अवतरण गर्ने यात्रुले दक्षिणतर्फबाट हेर्दा देखिने उज्यालो शहर ललितपुर महानगर हुने उहाँको दाबी छ ।महानगरपालिकाले स्मार्ट स्ट्रिट लाइटलाई शहरी पूर्वाधार र रात्रिकालीन सुरक्षा सुधार गर्ने योजनाका रूपमा अघि बढाएको जनाएको छ ।

Leave a Reply