काठमाडौंका मुख्य चोकमा फेरी बल्न थाले ट्राफिक लाइट | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौंका मुख्य चोकमा फेरी बल्न थाले ट्राफिक लाइट

traffic light

प्रतिक्षा शर्मा
काठमाडौं, १४ चैत । काठमाडौंको मुख्य चोकमा ट्राफिक लाइट जडान गर्न सुरु गरिएको छ । लामो समय देखि नबलेका नयाँ बानेश्वर, पुतलीसडकको पद्मोदय मोड, कुमारी बैंक अगाडि, महाराजगंजको नारायणगोपाल चोक, सोल्टी मोड र काठमाडौं महानगरपालिका कार्यालय अगाडिका ट्राफिक लाइट पुनः बल्न थालेको छ । ट्राफिक लाइट जडान भएसँगै सवारी व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ ।

लामो समयपछि सडकमा ट्राफिक लाइट बल्न थालेपछि ट्राफिक प्रहरीका हातले विश्राम पाउने भएको छ । लाइट नहुँदा हातकै इसाराले सवारी व्यवस्थापन गर्दै आएका ट्राफिक प्रहरीलाई लाइट जडान भएसँगै केही सहज भएको छ । तथापी सबै व्यस्त चोकहरुमा लाइट जडान भइसकेको छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा ट्राफिक लाइट जडान गरिएको हो । स्मार्ट ट्राफिक लाइट जडानको जिम्मा यार्सा टेक्नोलोजीले लिएको छ । पहिला ट्राफिक लाइट जडान गरिएका ७ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गरिएको र पछि अन्य स्थानमा पनि विस्तार गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक उमेश रञ्जितकारले जानकारी दिए ।

अब केशरमहल, दरबारमार्ग, सिंहदरबार, माइतीघर, कालिमाटी, गौशाला, तीनकुने लगायत ३५ स्थानमा ट्राफिक लाइट जडान गर्नेे तयारी भइरहेको महाशाखाले जनाएको छ । सवारीको चाप अनुसार ट्राफिक लाइटको सस्टिम बनाइएको छ । बिभिन्न चरणमा चालकहरुले राजधानीका चोकमा बढीमा डेढ मिनेटभन्दा बढी जाम बस्न नपर्ने गरी काम अघि बढाइरहेको रंजीतकारले बताए ।

ट्राफिक लाइट भएपछि जनशक्ति कम लाग्ने अनुमान ट्राफिक माशाखाले गरेपनि केही दिन भने सडकमा ट्रफिक प्रहरीले नै गाइडलाइन्स गर्नेछ । यसअघि उपत्यकाको ट्राफिक व्यवस्थापनमा १ हजार ४ सय ट्राफिक खटिदै आएका थिए । अब बढीमा ५ सय भए पुग्ने महाशाखाको अनुमान छ । ट्राफिक लाइटको सहयोगमा सवारी व्यवस्थापन गर्दा जाम कम हुने तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने महाशाखाको विश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);