आठ वर्षदेखि बिग्रिएर थन्केका ट्राफिक लाइटहरु काठमाडौंका सडकमा बल्ल थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आठ वर्षदेखि बिग्रिएर थन्केका ट्राफिक लाइटहरु काठमाडौंका सडकमा बल्ल थाले

काठमाडौं, ६ माघ । काठमाडौं उपत्यकाका ट्राफिक लाइट बल्दा खुशी मान्नु पर्ने अवस्था आएको छ । नेपालकै राजधानी काठमाडौं र नेपालकै पहिलो महानगरपालिका काठमाडौंमा विगत आठ वर्षदेखि बिग्रिएर थन्केका ट्राफिक लाइटहरु बल्दा खुशी पर्नुपर्ने अवस्था छ ।

उपत्यकाका सबै मुख्य सडकमा ट्राफिक लाइट नै छैनन् । भएका पनि बिग्रिएपछि मर्मत नै नहुँदा स्मार्ट सिटिको परिकल्पना गरिएको शहरमा ट्राफिक लाइट बल्दा पनि खुसी हुनुपर्ने अबस्था आएपछि अरु विकासमा के आशा गर्ने ?

ट्राफिक बत्ति नहुँदा उपत्यकाका एउटा चोकमा तीनदेखि सात जनासम्म ट्राफिक प्रहरी खटिनुपरेको छ । अब भने उपत्यकाका १२ ठाउँमा ट्राफिक लाइट बल्न थालेको छ ।

बढ्दो सवारी चाँपलाई नियन्त्रण गरेर उपत्यकाको ट्राफिक व्यवस्थालाई थप प्रभावकारी बनाउन सडक विभागले ८ बर्षपछि लाइट मर्मतको काम थालेको हो । उपत्यकाका १२ वटा ठाउँको ट्राफिक लाइट मर्मत गर्न ९७ लाख ५० हजार रुपैयाँको ठेक्का दिइएको छ ।

हाल काठमाडौं उपत्यकाको ११ ठाउँमा ट्राफिक लाइट बल्नथालेका छन् । उपत्यकाको पुतली सडक, पद्मोदयमोड, सिँहदरबार, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तिनकुने (बानेश्वर तर्फ), तिनकुने (एयरपोर्ट तर्फ), मुनिभैरव, ठिमी चोक र महापाल चोकका ट्राफिक लाइटहरु काम गरिरहेका छन् ।

यी सबै लाइटको व्यवस्थापन ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रूममा ‘कनेक्सन’ गरिएको छ । सडकमा ट्राफिक लाईट नबल्दा सवारी ब्यबस्थापन गर्ने ट्राफिक लगायत सर्वसाधारणले समेत हैरानी ब्यहोदै आएका छन् ।

अब आएर ढिलै भएपनि केहि सडकमा ट्राफिक लाईट बल्न सुरु भएको छ । तर विश्वले विकासमा धेरै फड्को मारेको अबस्थामा हामीहरु ट्राफिक लाईट बल्दैमा खुसी हुनुपर्ने अबस्थाको अन्त्य हुनुपर्ने सर्वसाधारण बताउँछन ।

उपत्यकामा अझै पनि एक सय ३९ स्थानमा ट्राफिक लाइट आवश्यक रहेको छ । यी सबै स्थानमा चाँडो भन्दा चाँडो ट्राफिक लाइटका व्यवस्था गरेर ट्राफिक व्यवस्थापनलाई प्रविधिमा आधारित बनाउनु पर्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);