२० ठाउँमा ट्राफिक लाइट तर २ वटा मात्र संचालनमा ! | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

२० ठाउँमा ट्राफिक लाइट तर २ वटा मात्र संचालनमा !

traffic light

कविता कार्की
काठमाडौं, ४ माघ । काठमाडौं उपत्यकामा ट्राफिक लाइटको सही ढंगले व्यवस्थापन हुन नसक्दा ट्राफिक व्यवस्थापनमा ठूलो चुनौती हुदै आएको छ । लामो समयदेखि ट्राफिक लाइट नबल्दा हातको इसाराले सवारी साधनको व्यवस्थापन गर्न बाध्य छन् ट्राफिक प्रहरीहरु ।

काठमाडौं र भक्तपुरका सडकमा अहिले जम्मा २० वटा ट्राफिक लाइटहरु छन् । त्यसमध्ये काठमाडौंमा २ वटा र भक्तपुरमा २ वटा गरी अहिले जम्मा चार वटा मात्रै संचालनमा छन् । ट्राफिक प्रहरी सडकको बीचमा उभिएर हातको इशाराले कहिले यता त कहिले उता गरी नाचिरहनु पर्ने व्यवस्थाको अन्त्य हुन सकेको छैन् ।

ट्राफिक सहायताका लागि राखिएका वत्तिहरु कामै नलाग्ने भएपछि ट्राफिक प्रहरी यो हैरानी ब्यहोर्न बाध्य भएका छन् । करोडौं खर्चेर निर्माण गरिएको राजधानी काठमाडौंको ट्राफिक वत्तिको हालत सबैलाई आश्चर्य लाग्दो छ । धुलो, धुंँवा अनि सडकको विचमा उभिएर लगातार हात हल्लाएर गरिने यो इशारा नेपालीका लागि कुनै नौलो बिषय होइन ।

यद्यपि, नेपाल छिर्ने विदेशीका लागि भने नेपालको ट्राफिक सिस्टम नितान्त नौलो लाग्न सक्छ । शहरीकरणसँगै बढेका सवारी साधनको चाप अनि त्यसले निम्त्याएको ट्राफिक जाम शहरबासी नेपालीको नियती नै बनेको छ ।

वि.स २०५८ सालमा थापाथली चोकमा ट्राफिक लाइट जडान गरीएको थियो । त्यस्तै जापान सरकारले उपत्यकाका विभिन्न १० स्थानमा त्यसै वर्ष ट्राफिक लाइट जडान गरेको थियो । तर हाल ११ स्थानका लाइटहरु भने २०६७ सालदेखि कामै नलाग्ने भएको सडक विभागका प्रवक्ता मुक्ति गौतमको भनाई छ । जापानी प्रबिधिबाट निर्माण गरिएका कारण ट्राफिक बत्तीलाई मर्मत सम्भार गर्न नसकिएको हो ।

आगामी २ वर्ष भित्रमा १ सय ३९ स्थानमा स्मार्ट ट्राफिक बत्तीको निर्माण गर्ने योजना बिभागको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने, मोटरसाइकल चलाउँदा हेलमेट नलगाउने र गाडी चलाउँदा सिट बेल्ट प्रयोग नगर्ने लगायतलाई कारबाही र जरिवाना भराउने काम गर्दै आएको छ। तर शहरको शोभा बढाउन र दुर्घटना न्यूनीकरणका लागि करोडौं खर्चेर बनाइएका यी ट्राफिक वत्ति नबल्दा सवारी धनी र बटुवा ट्राफिकको हातको इशारामा भर पर्नु परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);