सशस्त्र द्वन्द्वका क्रममा युद्धरत पक्षबाट पीडितको प्रदर्शन जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सशस्त्र द्वन्द्वका क्रममा युद्धरत पक्षबाट पीडितको प्रदर्शन जारी

फूलमाया आले
काठमाडौं, ४ माघ । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका क्रममा युद्धरत पक्षबाट पीडित सुरक्षाकर्मीका परिवार तथा घाइतेहरु विभिन्न माग राखेर विगत १० दिनदेखि अनिश्चितकालिन रुपमा धर्ना तथा प्रदर्शन गरिरहेछन् ।

१० दिनदेखि धर्ना बस्दा पनि सरकारले आफ्नो माग सम्बोधन गर्न कुनै पहल नगरेको उनीहरुको गुनासो छ । सरकारले कुनै पहल नगरे आगामी दिनमा सशक्त रुपमा आन्दोलन अगाडि बढाउने पीडितले चेतावनी दिएका छन् ।

तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका क्रममा युद्धरत पक्षबाट पीडित सुरक्षाकर्मीका परिवार तथा घाइतेहरु विभिन्न २१ बुँदे माग राखेर विगत १० दिनदेखि राजधानीको माइतीघर मण्डलामा अनिश्चितकालिन रुपमा धर्ना तथा प्रदर्शन गरिरहेछन् ।

उनीहरुले सरकारले बिगतमा आफूहरुसंग गरेको सम्झौता कार्यान्वयन नगरेका कारण सरकारलाई दबाद दिन सडकमा आउन बाध्य भएको बताउँदै आएका छन् । शुक्रबार उनीहरुले प्रहरी प्रधान कार्यालय नक्साल अगाडि प्रदर्शन गर्न पुगेका थिए । पीडितलाई निषेधित क्षेत्रमा प्रदर्शन गर्न नपाइने भन्दै रोक लगाइएको थियो । त्यसपछि पीडितले नक्सालको नागपोखरी अगाडि सरकार विरुद्ध नाराबाजी तथा प्रदर्शन गरे ।

सरकारले माग सम्बोधन नगरे अझै सशक्त रुपमा सरकार विरुद्ध आन्दोलन गर्ने र सरकारले निषेधित क्षेत्र घोषणा गरेको ठाँउलाई पनि तोडेर प्रदर्शन गर्ने उनीहरुको चेतावनी छ ।

त्यस्तै सशस्त्र द्वन्द्वका क्रममा आफूहरुले राज्यलाई सुरक्षा दिएको तर अहिले सरकारले पीडित सुरक्षाकर्मीका परिवार तथा घाइतेहरुलाई सिंहदरबार प्रवेश तथा सरकारी पदाधिकारीसँग भेट्न रोक लगाएको भन्दै पीडितले आक्रोस समेत पोखेका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा अङ्ग भङ्ग भएका सुरक्षाकर्मीले सरकारलाई सुरक्षा दिने क्रममा नै आफूहरु अपाङ् भएर अहिले यस्तो अवस्थामा बाँचिरहँदा पनि सकारले बेवास्ता गरेको गुनासो गरे ।

१० वर्षसम्म चलेको सशस्त्र माओवादी द्धन्द्धका क्रममा द्वन्द्वरत पक्षका तर्फबाट थुपै सुरक्षाकर्मी, कर्मचारी पीडित भएका थिए । राज्यका तर्फबाट युद्ध लड्दालड्दै तथा तत्कालिन माओवादीले अपहरण गरेर ज्यान गुमाएका सुरक्षाकर्मीका आफन्तले अझै न्याय पाउन सकेका छैनन् । न्याय नपाएको भन्दै पीडित सुरक्षाकर्मीका परिवारले २१ बुँदै माग राखेर काठमाडौंमा धर्ना तथा प्रदर्शन गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);