द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा माइतीघर मण्डलामा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा माइतीघर मण्डलामा प्रदर्शन

dwanda pidit

फूलमाया आले

काठमाडौं, २६ पुस । तत्कालीन माओवादीको् सशस्त्र विद्रोहका क्रममा युद्धरत पक्षबाट पीडित सुरक्षाकर्मीका परिवारले बुधबारदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शन सुरु गरेका छन् । द्वन्द्वका क्रममा आफ्ना सन्तान गुमाएका सुरक्षाकर्मीका आमा र बुवाले आफ्नो सन्तान सरकारलाई सुरक्षा दिने क्रममा नै ज्यान गुमाएका कारण छोराले पाउने सुविधा र न्याय सरकारले नदिए आफै मर्न तयार रहेको चेतावनी दिएका छन् ।

१० वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा द्वन्द्वरत पक्षका तर्फबाट थुपै सुरक्षाकर्मी, कर्मचारी तथा व्यवसायीहरु पीडित भए । युद्धका क्रममा राज्यपक्षबाट पीडित भएकाहरुलाई सहिद घोषणा गर्ने देखि विभिन्न शिर्षकमा माओवादी नैं सरकारमा पुगेर राहत बाड्ने काम गरिसकेको छ । तर, राज्यका तर्फबाट युद्ध लड्दा-लड्दै होस वा तात्कालिन माओवादीले अपहरण गरेर ज्यान गुमाएका सुरक्षाकर्मीका आफन्तले अझै न्याय पाउन सकेका छैनन् ।

त्यसैले पीडित सुरक्षाकर्मीका परिवारले २१ बुँद्धे माग राखेर काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले सुरक्षाकर्मीतर्फका घाइते तथा अपाङगता भएकाहरुको निःशूल्क उपचारको व्यवस्था गर्नुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीहरुको माग प्रहरी र सैनिक ऐन मार्फत सम्बोधन गर्नुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई उच्चसम्मानको व्यवस्था गर्नुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्तानलाई निशुल्क उच्च शिक्षासम्मको व्यवस्था गर्नुपर्ने, द्वन्द्वका क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीलाई सहिद घोषणा गर्ने निर्णय कायान्वयन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका पीडितहरु सम्झदासमेत कहाली लाग्ने घटनामा सरकार पीडितप्रति उदासिन देखिदा दुःख लागेको गुनासो गर्छन ।

सशस्त्र युद्धमा आफ्ना सन्तान गुमाएका अभिभावक यति बेला सबैभन्दा अप्ठेरो अवस्थामा छन् । यतातिर आफ्ना सन्तान गुमाएको पीडा छ भने अर्कोतिर सरकारले पीडितका रुपमा न्याय समेत नदिने र आन्दोलन गर्दासमेत माग सम्बोधन नगरिदा पीडित परिवार झनै पीडित छन् ।

द्वन्द्वका क्रममा आफ्ना सन्तान गुमाएका सुरक्षाकर्मीका आमा र बुवाले आफ्नो सन्तान सरकारलाई सुरक्षा दिने क्रममा नै ज्यान गुमाएका कारण छोराले पाउने सुविधा र न्याय पाउनुपर्ने बताउँछन् । उनिहरु त सरकारले गरिखाने छोराका तर्फबाट राहत दिन तयार नभए आफूहरु मर्नसमेत तयार हुने चेतावनी दिन्छन् ।

युद्धकै कारण देशको शासकीय व्यवस्था परिवर्तन हुँदा समेत अवस्था परिवर्तन हुन नसक्दा पीडितहरु आक्रोसित छन् । सरकारले द्वन्द्व पीडितसँग गरेको सहमति कार्यान्वयन नगरेपछि सरकारलाई दवाव दिन उनीहरुले काठमाडौंमा अनिश्चितकालिन धर्ना सुरू गरेका छन् ।

अनिश्चितकालीन धर्ना कार्यक्रममा सहभागी भएकाहरूले सरकारले द्वन्द्वकालमा सहिद भएका सुरक्षाकर्मीका परिवारलाई राहत दिन समेत विभेद गरेको भन्दै आक्रोशित छन् । त्यस्तै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका सन्तानलाई निःशुल्क शिक्षा र परिवारका एक जना सदस्यलाई सरकारी नोकरी अनिवार्य उपलब्ध गराउने लगायतका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेकाछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);