आयल निगम र चिनी उद्योगीहरुले सताए : मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आयल निगम र चिनी उद्योगीहरुले सताए : मन्त्री यादव

matrika yadav

काठमाडौं, २६ पुस । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगम र चिनी उद्योगीहरुले आफूलाई धेरै सताएको बताएका छन् । मन्त्री यादवले चिनी उद्योगीहरुसँग आफूले कमिशन लिएको भन्दै हुँदै नभएको आरोप समेत खेप्नु परेको गुनासो गरेका छन् ।

बिहीबार नेपाल आयाल निगमको ४८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले विगतमा सरकार नै नभएजस्तो जतातलै प्वालैप्वाल परेको निगमलाई आफूले मन्त्री भएपछि टालेको जिकिर गरे ।

मन्त्री यादवले निगममा चुहावट नियन्त्रण गर्न आफू सफल भएको उल्लेख गर्दै निगमको समग्र सुधारका लागि नयाँ नेतृत्व नियुक्त गर्नु परेको बताए । मन्त्री यादवले विगतमा मन्त्री, सचिवहरु आफैंले निगममाथि लुट मच्याएको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);