आयल निगम सुधारको लागि शुन्य सहनशीलताको नीति : कार्यकारी निर्देशक पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आयल निगम सुधारको लागि शुन्य सहनशीलताको नीति : कार्यकारी निर्देशक पौडेल

surendra poudel

काठमाडौं, २६ पुस । नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुनर्संरचना गर्ने बताएका छन् । कार्यकारी निर्देशक पौडेलले निगममा हुने गरेका बिकृति, बिसंगतिको अन्त्य गर्दै निगमका हरेक गतिविधिलाई पारदर्शी बनाउने प्रतिवद्धता पनि जनाए ।

बिहीबार निगमको ४८ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले निगमलाई अहीलेको अवस्थाबाट सुधार गरेर अघि बढाउने बताए । निगमको सुधारको लागि शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने पौडेलको भनाई छ ।

नवनियुक्त कार्यकारी निर्देशक पौडेलले निगमले राष्ट्र निर्माणको अभियानमा पनि ठूलै योगदान गरेको उल्लेख गरे । उनले गएको आर्थिक वर्षमा मात्रै निगमले ५५ अर्व राजस्व तिरेको पनि जानकारी गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);