जापानी बिदेशमन्त्री तारो कोनोद्वारा प्रधानमन्त्री ओलीसंग भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

जापानी बिदेशमन्त्री तारो कोनोद्वारा प्रधानमन्त्री ओलीसंग भेटवार्ता

nepal-japan

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र जापानका विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ ।

नेपालको दुई दिने औंपचारिक भ्रमणमा आएका विदेश मन्त्री कोनोले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई मुलुकबीचका आपसी हितका विविध विषयमा छलफल भएको थियो । त्यस अवसरमा जापानले नेपालको कृषि क्षेत्रको विकासमा पनि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता प्रधानमन्त्रीसँग जनाएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा जापानका विदेशी मन्त्री कोनोले नेपालसँग सिधा हवाई उडान सम्झौंता गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीसँग आभार व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट सो उडानसम्बन्धि तयारीको कामलाई छिट्टै अघि बढाउने जानकारी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);