भाजपा नेता चौथाइवा र एमाले अध्यक्ष ओलीबीच भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भाजपा नेता चौथाइवा र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं । भारतीय जनता पार्टी भाजपाका नेता तथा विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

चौथाइवालेले ओलीसँग सोमबार भेटवार्ता गरेका हुन् । ओलीसँग भेटेपछि चौथाइवालेले नेपालका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता ओलीसंगको भेटमा नेपाल–भारत सम्बन्धलाई अझ अघि बढाउन सकारात्मक छलफल गरेको ट्विटर मार्फत जानकारी दिएका छन् ।

भारतबाट आइतबार नै काठमाडौं आइपुगेका चौथाइवाले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् । चौथाइवालेले भेटमा प्रधानमन्त्री देउवालाई कार्यकालको सफलताको शुभकामना दिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए ।

दुवैबीच भेटमा नेपाल–भारतको हित र अन्तरपार्टी सम्बन्धबारे समेत कुराकानी भएको थियो । यसअघि नेपालले कालापानीलगायत भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि चौथाइवालेले गत डिसेम्बरमा नेपाल आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);