भाजपा विदेश विभाग प्रमुख चौथाईवाको भेटवार्ता जारी, कुनै पनि नेताले बेपत्ता जय शिंह धामीको विषय उठाएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भाजपा विदेश विभाग प्रमुख चौथाईवाको भेटवार्ता जारी, कुनै पनि नेताले बेपत्ता जय शिंह धामीको विषय उठाएनन्

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश विभाग प्रमुख विजय चौथाइवालेले आफूले भेट गरेका सबै राजनीतिक दलका शीर्ष नेताले भारतसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने इच्छा व्यक्त गरेको बताएका छन् ।

आइतबार नेपाल भ्रमणमा आएका उनले आइतबार र सोमबार नेपालमा प्रमुख राजनीतिक दलहरुसँग भेटवार्ता गरेका छन् । आज पनि उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

आफ्नो भेटबारे एक संक्षिप्त प्रेस नोट सार्वजनिक गर्दै चौथाइवालेले नेताहरुसँग फरक र विविधता रहेपनि एउटा साझा विषय चाहिं सबै नेताले भारतसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको धारणा व्यक्त गरेको बताएका छन् ।

नेपालका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपक्षीय सम्बन्ध राम्रो बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेको बताइएको छ ।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मधेशवादी नेता महन्थ ठाकुरसँग भेट गरिसकेका छन् ।

भेटमा महाकालिमा भारतिय एस एस बिले तुईन काटेर महाकालि नदिमा बेपत्ता भएका जय शिंह धामीका विषयमा भने कतै केहि उल्लेख भएको देखिदैन ।

भेटवार्तामा दलहरुले पार्टी–पार्टी बीचको सम्बन्ध सौहार्द बनाउने प्रतिवद्धता व्यक्त गरेको उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);