चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख र माधव नेपालबीच भेटवार्ता  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख र माधव नेपालबीच भेटवार्ता 

काठमाडौं। नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्ता गरेका छन्। काठमाडौंस्थित् होटेल एभरेष्टमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, नेताहरू जयन्ती राई, प्रमेश हमाल, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र मोहन गौतम सहभागी थिए।

यसअघि जियान्चाओले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेताहरुसँग भेटवार्ता गरेका थिए । सो क्रममा उनले एमालेसहित सबै दलसँग सुदृढ सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको बताएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);