माओवादी र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच शिष्टाचार भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

माओवादी र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच शिष्टाचार भेट

agni sapkota

काठमाडौं, १७ जेठ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ । बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा (माओवादी केन्द्र) नेताहरुसँग भेट गरेको हो ।

भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताउनु भयो । उहाँले छलफलमा दुई सरकारबीचमा सम्बन्ध बिस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्नेकुरामा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँ छिचुवान प्रान्तको सेक्रेटरी आउनुभएको थियो । उहाँको नेतृत्वमा आएको टिमसँग हामीले छलफल ग¥यौँ । दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भयो । दुई सरकारबीचमा समान सम्बन्ध बिस्तार होस्, दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध होस्, भन्नेबारेमा केन्द्रित भएर कुरा ग¥यौँ ।’

भेटमा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ लगायतका पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट तीन दिने भारत भ्रमण हुनुभन्दा पहिला चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्वपूर्ण रुपमा लिइएको छ । साथै चिनियाँ कम्युनिष्ट पार्टीको टोली आज बिहान नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेको थियो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);