राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण जाने दिन पारेर पौडेलले चौतर्फी विरोध भएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

रेशम चौधरीको आममाफी प्रकरणमा पनि राष्ट्रपति पौडेलको चर्को विरोध भएको थियो । पौडेलको यो दोस्रो विवादित कदम हो ।

प्रधानमन्त्रीको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

मन्त्रिपरिषद् बैठकले नै निर्णय गरेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेको थियो ।

फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका पौडेलले ९ महिनापछि सरकारको अनुरोधमा नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।

सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गर्न अनुरोध गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);