रामचन्द्रको कदमलाई सर्वोच्चको धक्का, नागरिकता ऐन कार्यान्वयन नगर्न आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

रामचन्द्रको कदमलाई सर्वोच्चको धक्का, नागरिकता ऐन कार्यान्वयन नगर्न आदेश

काठमाडौं, २१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता ऐन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश मनोज शर्माको एकल इजलासले आज आइत्वार उक्त आदेश दिएको हो ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार नागरिकता ऐन कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ ।

वरिष्ठ अधिवक्ताहरु डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति पौडेलले गैरसंवैधानिक रुपमा नागरिकता ऐन प्रमाणीकरण गरेको भन्दै रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरी दुवै पक्षलाई बोलाएको छ ।

यसअघिको प्रतिनिधि सभाले नागरिकता विधेयक पारित गरी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी सुझावसहित फिर्ता पठाएको विधेयकलाई हालका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए ।

त्यसपछि नागरिकता ऐनका रुपमा सोमबारबाट कार्यान्वयनमा आउने भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);