आज छुवाछुत उन्मूलन दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आज छुवाछुत उन्मूलन दिवस

काठमाडौं, २१ जेठ । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो ।

त्यस पश्चात हरेक वर्ष जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाउने गरिन्छ । नेपाल छुवाछुतमुक्त घोषणा भएको आज १७ वर्ष पूरा भएको छ । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ । नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हक भित्र राखेको छ । जसमा कुनै पनि व्यक्तिलाई उसको जात, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनैपनि प्रकारको छुवाछुत वा भेदभाव गर्न नपाईने उल्लेख छ ।

तर व्यवहारमा भने जातीय भेदभाव तथा छुुवाछुत प्रथाको पूर्ण अन्त्य हुन अझै सकेको छैन । २०५८ साल साउन ३२ गते छुवाछुत अन्त्य गर्ने प्रतिबद्धतासहित राष्ट्रिय दलित आयोगको स्थापना भएको थियो । दिवसले जातीय भेदभाव र छुवाछुत जस्ता समस्या अन्त्यको लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);