आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस ।

२०६३ जेठ २१ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।

यदपी कोरोना महामारीका कारण अघिल्लो वर्ष जस्तै औपचारिक कार्यक्रम नभए पनि भर्चुअल माध्यमबाट यो दिवस मनाइँदै छ । यसैबीच दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन नसकेको बताएकी छिन् ।

छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको भन्दै उहाँले यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो रहेको पनि उल्लेख गरेकी छिन् ।

जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भन्दै राष्ट्रपति भण्डारीले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरूद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा आव्हान गरेकी छिन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);