छुवाछुत सम्बन्धी घटनाका अपराधीहरुलाई कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्ने छैन : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

छुवाछुत सम्बन्धी घटनाका अपराधीहरुलाई कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्ने छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछुत विभेद वा छुवाछुतको पीडा निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्याको भएको बताएका छन् ।

शुक्रबार जातीय विभेद तथा छुवाछुत विरुद्धको राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

मानव सभ्यताको कलंकका रुपमा रहेको जातीय छुवाछुत जस्तो अमानवीय प्रथालाई कानुनी रुपमा अन्त्य गरेको बताउँदै प्रधानमन्त्री ओलीले यसलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ–आफ्नो स्थानबाट सक्रिय रहन समेत आह्वान गरेका छन् ।

यस्ता अमानवीय हिंसाका घटनाहरुको छानविन गरी दोषीहरुलाई कारबाही गर्न राज्य किञ्चित पछि नपर्ने शुभकामना सन्देशमा उल्लेख गरिएको छ । छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीलाई कानुनी दायरामा ल्याएर कडाभन्दा कडा दिने कुरामा सरकारले कुनै सम्झौता नगर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

सन्देशमा उल्लेख गरिएको छ –‘मानव सभ्यताको कंलक र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधाहरुलाई पनि सरकारले हटाउने छ । छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानुनी दायरामा ल्याउने छ, ल्याइरहेको छ । त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्ने छैन ।’

हेर्नुहोस शुभकामना सन्देश :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);