छुवाछुतसम्बन्धी घटनाका अपराधीलाई कानुनी दायरामा ल्याउँछौ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

छुवाछुतसम्बन्धी घटनाका अपराधीलाई कानुनी दायरामा ल्याउँछौ : प्रधानमन्त्री

pm kp sharma oli

काठमाडौ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अपराधीलाई कडा भन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभएको हो ।

जातीय छुवाछुत विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या भएको भन्दै उहाँले जातीय छुवाछुतका पीडितको मानव अधिकार संरक्षण गर्न र हिंसा अन्त्य गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

मानव सभ्यताको कलंकका रुपमा रहेको अमानवीय प्रथालाई हामीले कानुनी रुपमा अन्त्य गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ–आफ्नो स्थानबाट सक्रिय रहन आग्रह समेत गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);