मिलापत्रको नाममा बलात्कार छोपछाप पार्ने काम सह्य नहुनेः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

मिलापत्रको नाममा बलात्कार छोपछाप पार्ने काम सह्य नहुनेः प्रधानमन्त्री ओली

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलापत्रको नाममा बलात्कार छोपछाप पार्ने काम सह्य नहुने स्पष्ट गर्नुभएको छ । कोरोना संक्रमण जोखिमका बाबजुद शुक्रबार ६५ औँ प्रहरी दिवस समारोहमा सहभागी हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मिलापत्रको नाममा बलात्कार छोपछाप पार्ने काम सह्य नहुने स्पष्ट गर्नुभएको हो ।

‘प्रहरी दिवस’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक दवाव र भनसुनबाट टाढा रहेर बलात्कारका घटनामा निर्मम बन्न प्रहरी नेतृत्वलाई निर्देशन दिनुभएको छ । उहाँले अस्थायी लिपापोतीबाट वास्तविक न्याय स्थापना हुन नसक्ने उल्लेख गर्दै स्थायी प्रकृतिको कानुनी राजको सिद्धान्तको बाटोमा अगााडि बढ्नुपर्नेमा जोड दिनु भयो ।

प्रधानमन्त्रीले बलात्कार नियन्त्रण गर्न भविष्यमा अझ कडा कानुन ल्याउनेबारे सोचिरहेको बताउनु भयो । एसिड आक्रमण विरुद्ध कडा कानुन ल्याइसकेको भन्दै ओलीले , बलात्कार मानवोचित नभएकोले त्यसलाई नियन्त्रण गर्न अझै कडा कानुन बनाउने बारे सोचिरहेको उल्लेख गर्नुभयो ।

’विप्लव समूह विरुद्ध प्रहरीले संचालन गरेका अप्रेसनलाई ‘निर्भिक र कष्टपूर्ण’ भन्दै प्रधानमन्त्रीले प्रशंसा गर्नुभयो । संघीय प्रणालीअनुसार प्रहरी संगठन रुपान्तरणको चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संगठनको रुपान्तरण मात्रै नभएर सेवा, सक्षमता र प्रतिवद्धताको पनि रुपान्तरणको समय भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);