समयमै काम पूरा नगर्ने ठेकेदारलाई कडा कार्वाही गर्ने प्रधानमन्त्रीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

समयमै काम पूरा नगर्ने ठेकेदारलाई कडा कार्वाही गर्ने प्रधानमन्त्रीको चेतावनी

kp oli

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भिर नोक्सान पु-याउने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ । प्रधानमन्त्री ओलीले ठेक्का लिने तर समयमै काम पूरा नगरेर राष्ट्रलाई दोहोरो मारमा पार्ने ठेकेदार कम्पनीलाई आगामी दिनमा ठेक्का दिन नसकिने पनि स्पष्ट पार्नु भयो ।

उहाँले काम होल्ड गरेर बसेका ठेकेदार कम्पनीलाई निश्चित अवधि दिएर काममा लगाउने र त्यसो गर्न नसके उनीहरुमाथि कार्वाही गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो । प्रधानमन्त्री ओलीले कामै नगरेर केही ठेकेदार कम्पनीहरुले समस्यामा पारेको उल्लेख गर्दै ती समस्या समाधान गर्न ढिलाई नगर्ने पनि स्पष्ट पार्नु भयो ।

बुधबार ४५ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उहाँले जनता र राष्ट्रलाई प्रतिकूल हुने खालको कुनै पनि गतिविधि सैह्य नहुने पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रको विकास, निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिनु भयो । प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर जनतालाई सेवा र सुविधा दिने कुरालाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने सरकारको योजना रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले संविधानले राष्ट्र र जनताको हितलाई केन्द्र भागमा राखेको उल्लेख गर्दै सोही अनुसारको कामलाई अघि बढाउन सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);