विकास निर्माणको काममा अलमल नगर्न प्रधानमन्त्रीको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विकास निर्माणको काममा अलमल नगर्न प्रधानमन्त्रीको सुझाव

३२ जिल्लामा नेपाल टेलिकमको ‘फोरजी सेवा’ एकैसाथ शुभारम्भ

काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा अलमल नगर्न सबै निकायलाई सचेत गराउनु भएको छ । प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको अप्टिकल फाईबर बिछ्याउने काममा ढिलाई गरे सैह्य नहुने चेतावनी पनि दिनु भयो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ३२ जिल्लामा नेपाल टेलिकमको ‘फोरजी सेवा’ एकैसाथ शुभारम्भ गर्दै उहाँले समयमा काम सम्पन्न नगरेर जनतालाई सेवाबाट बञ्चित गराउन नपाईने पनि दोहो-याउनु भयो ।

प्रधानमन्त्री ओलीले फोरजी सेवाको ३२ जिल्लामा एकैसाथ शुभारम्भ गरेर मुलुकको विकासमा प्रविधिको प्रयोग र उपयोग गर्न सरकार सफल भएको दावी पनि गर्नु भयो । उहाँले मुलुकको विकासका लागि प्रविधिको प्रयोग सफल र उपयोगी भएको पनि स्पष्ट पार्नु भयो ।

प्रविधिको हस्तान्तरणको माध्यामबाट मुलुकको विकास, निर्माणको काममा योगदान पु-याउन पनि सम्वद्ध सबैले योगदान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले नेपाल टेलिकमलाई आफ्ना परियोजनाहरुको काम समयमै सम्पन्न गराउने काममा केन्द्रित हुन पनि निर्देशन दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);