'आम सञ्चारसम्बन्धि विधेयक छिटोभन्दा छिटो संसदमा पेश गरिनेछ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

‘आम सञ्चारसम्बन्धि विधेयक छिटोभन्दा छिटो संसदमा पेश गरिनेछ’

काठमाडौं, ११ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चारसम्बन्धि विधेयक छिटो भन्दा छिटो संसदमा पेश गर्ने बताउनु भएको छ । सो विधेयकलाई संसदमा ल्याउनका लागि सरकारले विज्ञहरुसँग आवश्यक सुझाव लिएको र त्यसलाई संसदमा पेश गर्ने प्रक्रियाका लागि मन्त्रालयले काम गरिरहेको पनि बताउनु भयो ।

आईतबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै मन्त्री शर्माले सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित धेरै ऐनहरु पुराना भएकाले त्यसलाई अध्यावधिक गरेर नयाँ कानुन बनाउने काममा पनि सरकारले ढिलाई नगर्ने बताउनु भयो । उहाँले दुरसञ्चार सम्बन्धि फोरजी सेवाको देशभर विस्तार र फाइभजी सेवाको लन्च गरेर शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रहरुको पूर्वाधार विकासगरी मुलुकको राजस्व वृद्धिमा योगदान पु¥याउने योजनाका साथ काम भईरहेको दावी समेत गर्नु भयो ।

मन्त्री शर्माले भन्नु भयो, ‘अहिले नेपाल टेलिकमले फाइभजीको परीक्षण गर्दैछ । र, यो परीक्षण सफल भईसकेपछि र सँगसँगै हाम्रो फोरजीको पनि देशव्यापी रुपमा जुन विस्तार हुनुपर्ने हो । त्यो ढंगले विस्तार भईरहेको छैन । त्यसो पनि हामी समिक्षा गरेर फाईभजीलाई लन्च गर्छाै । यो हाम्रो आवश्यक्ता हो । र, फाईभजी लन्च गरीसकेपछि हामीले यसलाई हाम्रो शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका सबै पूर्वाधारको विकासमा र राज्यको राजस्व अभिवृद्धिमा यसलाई प्रयोग गरिनेछ । र, आम सञ्चार सम्बन्धि विधेयकका विषयमा हामीले यस क्षेत्रका विज्ञहरुलाई समेटेर मन्त्रालयमा कार्य दलनै बनाएर यी सम्बन्धि विधेयकहरुको सन्दर्भमा सुझावहरु प्राप्त गरेका छौं । र, मन्त्रालय त्यसमा वर्कआउट गर्दैछ । र, यसमा हामी छिटो भन्दा छिटो संसदमा ल्याउने प्रक्रियामा छौं । हाम्रो मन्त्रालयको रुटिनमा नै यी सबै विधेयकहरुलाई राखेर ल्याउँछौं । हामी सबैलाई थाहा छ–यो सञ्चार र सूचना प्रविधिसँग ऐन, कानुनहरु असाध्यै पुराना छन । र, यो क्षेत्रमा व्यापक रुपमा परिवर्तन भएको छ । र, नयाँ ऐन, कानुन जरुरी छ । यसका निम्ति हामी मन्त्रालयमा गम्भिरतापूर्वक छलफल गर्दैछौं । हामी यसलाई छिटो भन्दा छिटो प्रक्रिया अघि बढाउनेछौं । ’

मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रमा भएको तीव्र विकासलाई मध्यनजर गरेर ऐन, नियमहरु बनाउने काममा सरकारले विशेष ध्यान दिने पनि बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);