सरकारले नेपाल राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सरकारले नेपाल राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत

काठमाडौं । नेपाल सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ ।

मंगलवार बसेको मन्त्रीपरिषद्को बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले नेपाल राष्ट्र बैंकलाई ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृत दिइएको सजानकारी दिनु भएको हो । उहाँले अर्थमन्त्रालयको प्रस्तावमा मन्त्री परिषद्ले उक्त स्वीकृत दिएको बताउनु भयो। उहाँले मन्त्रीपरिषद्ले साईवर सुरक्षा नीति पनि स्वीकृत गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्थमन्त्रालयको प्रस्तावमा रु ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिने निर्णय भएको छ । साईवर सुरक्षा नीति स्वीकृत भएको छ । बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक संसदमा पेश गर्न स्वीकृत दिइएको छ ।’

उहाँले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक संसदमा पेश गर्न पनि मन्त्री परिषद्ले स्वीकृत दिइएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);