संस्कृतिविद् जोशीको तस्बिर अंकित सिक्का सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

संस्कृतिविद् जोशीको तस्बिर अंकित सिक्का सार्वजनिक

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित १००, १००० र २, ५०० दरका सिक्का सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर अंकित गरिएका ती सिक्का सार्वजनिक गर्नु भएको हो ।

नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधि समेत प्राप्त गर्नु भएका उहाँले विभिन्न नेपाली नोटहरुमा अंकित चित्रहरुको विगत ४० वर्षयता सांगोपाँगो अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई दिँदै आउनु भएको सुझावको कदरस्वरुप नेपाल राष्ट्र बैंकले उहाँको तस्वीर अंकित सो दरका सिक्का सार्वजनिक गरेको हो ।

अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकको शुद्धीकरणमा उहाँले पु-याउनु भएको योगदानको कदर गर्दै नेपाल राष्ट्र बैंकले उहाँको तस्वीर अंकित सिक्का पनि सार्वजनिक गरेको पनि स्पष्ट पार्नु भयो ।

ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्वीर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो ।