संस्कृतिविद् सत्यमोहन जोशी आजबाट सय वर्षमा प्रवेश, ललितपुरमा सार्वजनिक विदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

संस्कृतिविद् सत्यमोहन जोशी आजबाट सय वर्षमा प्रवेश, ललितपुरमा सार्वजनिक विदा

satya mohan joshi

ललितपुर, ३० बैशाख । संस्कृतिविद् सत्यमोहन जोशी आजबाट १०० वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । यसै अवसरमा ललितपुर महानगरपालिकाले आज उहाँको सम्मानस्वरुप सार्वजनिक विदाको घोषणा गरेको छ ।

संस्कृतिविद् जोशीको सम्मानस्वरुप स्थानीय सरकारको अधिकार प्रयोग गरेर आफू मातहतका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । महानगरले विदा दिएकाले महानगरपालिकाअन्तर्गतका सबै कार्यालय सोमबार बन्द हुनेछन् । महानगरपालिकाले जोशीको सम्मानमा आज मंगलबजारबाट बाजागाजासहित नगर परिक्रमाको साथमा पुल्चोकमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान तथा दीपावली कार्यक्रम राखेको महानगरपालिकाले आजै महानगरपालिकाभित्र स्थायी बसोवास गर्ने १०० वर्ष पूरा गरेका अन्य जेष्ठ नागरिकहरुलाई पनि सम्मान गर्ने तयारी गरेको छ । जोशीको जन्म शताब्धी विभिन्न कार्यक्रम गरेर वर्षभरि नै मनाउने निर्णय महानगरले गरेको छ । महानगरपालिकाका अनुसार सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक नेपालीमा प्रकाशन गर्ने, जोशीको तस्वीर अंकित व्यानर सगरमाथामा फहराउने, तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न पहल गर्नेलगायतका कार्यक्रम तय भएको छ । जोशीलाई गोसाइकुण्ड दर्शन गराउने तथा उनको विशेष स्मारिका पुस्तक प्रकाशन गर्ने योजना पनि महानगरपालिकाले बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);