शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश

satyamohan joshi

काठमाडौं, ३० वैशाख । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १ सय १ वर्षमा पुग्नु भएको छ । वि.सं. १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनु भएका जोशी मंगलवार १ सय १ वर्षमा प्रवेश गर्नुभएको हो ।

जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिनु भएको छ । जोशीको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन् । लकडाउनका कारण जन्मदिन मनाउन कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएपनि उहाँको परिवारले घरमै पूजा गरी जन्मदिन मनाएका छन् ।

गत वर्ष सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले महानगरपालिका भर सार्वजनिक विदा दिई विभिन्न कार्यक्रम गरी जन्मशताब्दी मनाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);