मुुसहर बस्तीमा भोकको सन्त्रास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुुसहर बस्तीमा भोकको सन्त्रास

musahar basti nawalparasi

लालकुमार भट्टराई

नवलपरासी, ३० वैशाख । लकडाउनले विपन्न वर्ग सबै भन्दा बढी प्रभावित भएका छन् । लामो लकडाउनले पूर्व नवलपरासीका विपन्न वर्गहरु मारमा परेका छन् । लकडाउनले अहिले बर्दघाटसुस्ता पूर्व नवलपरासीका माझी मुसहर समुदायमा खाद्यान्न अभाब देखिन थालेको हो । दैनिक मजदुरीगरी आफ्नो दैनिकी चलाउँदै आएका अतिविपन्न माझी मुसहरको दैनिकी कष्टकर भएको हो ।

डेढ महिनादेखि मुलक लकडाउनमा हुँदा नवलपरासी पूर्वका मुसहर समुदायको दैनिकी कष्टकर बन्दै गएको छ । लकडाउनले हुनेखानेलाई खासै असर नगरेपनि हुँदा खानेहरुको अवस्था जर्जर बन्दै गएको छ । आर्थिक रुपले विपन्न माझी मुसहर बस्ती रोगको भन्दा भोकको समस्याले छटपटी बढाएको छ । अत्यन्तै गरिब र असक्तहरुको दैनिकी जर्जर भएपनि सरकारी राहतले छुन सकेको छैन । दिनभरीको श्रम खर्चेर बिहान बेलुकी पेट भर्ने समुदाय यतिबेला कष्टकर दैनिकी जिउन बाध्य छन् ।

जिल्लाको गैडाकोट, देबचुली, कावासोती र मध्यबिन्दु नगरपालिकामा यो समुदायको बसोबास रहेको छ । स्थानीय सरकारले राहतका लागि खाद्यान्न बितरण गरेपनि राहातको खाद्यान्न पर्याप्त नभएको उनीहरुको गुनासो छ ।

लामो समयको लकडाउनले दैनिकी ज्यालादारी गरी जिबिकोपार्जन गर्नेलाई बढी प्रभाव पारेको छ । अहिले लकडाउन केही खुकुलो भएसंगै उनीहरुको दैनिकीमा पनि केही परिवर्तन आउला कि भन्ने आशा लिइएको छ ।तर, चुल्हो निभ्न अवस्था आएपनि स्थानीय सरकारले उनीहरुका लागि थप राहत उपलब्ध गराउन सकेको छैन । जसका कारण उनीहरुको दैनिक थप कष्टकर बनेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);