न्यानो कपडा र शीत छेक्ने घर नहुँदा नवलपरासीका मुसहर बस्ती कष्टकर जीवन बिताउन बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नवलपरासी, ८ पुष ।  न्यानो कपडा र शीत छेक्ने घर नहुँदा नवलपरासीका मुसहर बस्ती कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

चिसो अत्यधिक बढेपछि नवलपरासीको मुसहर समुदायका बासिन्दाको दैनिकी कष्टकर बनेको हो । पुसको ठन्डीमा पनि प्रतापपुर गाउँपालिका–३, कठहवास्थित मुसहबस्तीका ६० घरधुरी परिवार गाँस, बास र कपासको अभावमा रात काटिरहेका छन् ।

ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका मुसहर समुदायका बासिन्दाका झोपडी पनि शीत नछेक्ने खालका छन् । जाडो अत्यधिक बढेपछि बालक र वृद्धवृद्धाको दैनिकी झनै कष्टकर बनेको छ । शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी जस्ता अत्यावश्यक सेवासुविधाबाट मुसहर बस्ती सधैं वञ्चित छ । यो बस्तीमा जन्मदर्ता, नागरिकता, सामाजिक सुरक्षा भत्ता जस्ता आवश्यक सेवा–सुविधा पनि पुगेको छैन । पूर्वमन्त्री एवं नवनिर्वाचित सांसद हृदयेश त्रिपाठी र पूर्वसांसद देवकरण जैसवालको वडा भए पनि मुसहर बस्तीमा विकासको उज्यालो पुग्न सकेको छैन । एक सातायता बढेको शीतलहरका कारण धनुषाको जनजीवन पनि प्रभावित बनेको छ । शीतलहरका कारण जनकपुर बजारको चहलपहल कम भएको छ । विद्यार्थीहरु विद्यालय जान सकेका छैनन् । सरकार र स्थानीय तहले विपन्न परिवारका लागि तत्काल न्याना कपडा जोहो गर्नुपर्ने स्थानीयको माग छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);