कठ्यांग्रिएको मुसहर बस्ती राहतको पर्खाइमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कठ्यांग्रिएको मुसहर बस्ती राहतको पर्खाइमा

सिरहा । चार छोरा/छोरी र श्रीमतीसहित ६ जनाको परिवार रहेका शिवु सदाय खरले बारेको छाप्रोमा बस्छन् । मुस्किले चिसो शिरेटो छेक्ने छाप्रोभित्र उनीहरूको ओछ्यान चिसो भुइँमा पराल र ओड्ने पातला कपडाले मात्र रात बिताउनुपर्ने बाध्यता छन्  । छोरा छोरी पनि चिसिएर आधी रातमै उठेपछि न्यानो बनाउने उपाय भनेकै आगो रहेको बताउँछन् ।

यो सिरहाको गोलबजार नगरपालिका–१० धोवियाधारमा बसोबास गर्दै आएका ४० घरपरिवारको मुसहरहरूको पीडा हो ।  पूर्व–पश्चिम राजमार्गको गोलबजारबाट करिब पाँच किलोमिटर उत्तरी चुरे क्षेत्रमा रहेको उक्त बस्तीका स्थानीयहरू जाडोले कठ्यांग्रिएका छन् ।

हुस्सु र शीतलहरले तराई मधेश नै चिसिएको बेला यहाँका विपन्न मुसहरहरूको अवस्था अझै कष्टकर भइरहेको छ । शिवु मात्र नभई उतm बस्तीका सबैजसोको अवस्था उस्तै छ । एक छोरी र दुई छोरासहित पाँच जनाको परिवार रहेकी मङ्गली सदाय बाँसका किलाहरूमा उभ्याइएका खरले छाएको छाप्रोमा बस्छिन् ।

घरभित्र पुराना कपडा र राती ओछ्याउने पराल मात्र छ । श्रीमान दिनभरी अरुको घरमा काम गर्ने र उत्तै मादक पदार्थ सेवन गरेर बस्ने भएकाले परिवार उनको एक्लो कमाइले चलेको छ । एक्लोे कमाइले उनले न राम्रो घर बनाउन सकेकी छन् न त न्याना कपडाकै जोहो गर्न नै । 

जाडोले बस्तीका बालबालिका तथा वृद्धवृद्धा अप्ठ्यारोमा परेको भए पनि अहिलेसम्म कसैले केही सहयोग नगरेको हेमकुमार सदायले दुःखेसो पोखे । सिरहाको विभिन्न ४०० ससाना टोलमा गरी करिव ५० हजारको हाराहारीमा मुसहरहरूको बसोबास छ । यो समुदाय करिव ९८ प्रतिशत भूमिहीन रहेको बताइन्छ र आर्थिक अवस्था कमजोर भएकै कारण सदाय समुदाय विभिन्न खालको प्राकृतिक प्रकोपबाट पीडित हुँदै आएका छन् । हालसम्म सिरहामा शितलहरका कारण मुसहर समुदायककै एक जना र बेवारिसे एक जना गरी २ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);