बझाङमा एकै परिवारको आमा, छोरा र छोरी मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

बझाङमा एकै परिवारको आमा, छोरा र छोरी मृत फेला

बझाङ । बझाङको बुङ्गल नगरपालिका –९ रारुमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । स्थानीय पुष्कर पार्कीकी श्रीमती २२ वर्षीय गीता पार्की, पाँच वर्षीय छोरी भूमिका र तीन वर्षीय छोरा मेहित पार्की मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । अहिले प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुगेर घटनास्थल शिल गरी अनुसन्धान गरीरहेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);