काभ्रेस्थलीको एकै परिवारका चारजनाको शव विभत्स अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काभ्रेस्थलीको एकै परिवारका चारजनाको शव विभत्स अवस्थामा

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा घरभित्र मृत अवस्थामा भेटीएका चारजनाको शव विभतस अवस्थामा रहेको प्रहरीले जनाएको छ । तारकेश्वर नगरपालिका २ पदमछलमा ४१ बर्षीय दिनेश पाण्डे, उनको श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय छोरी आशिका र ८ वर्षीय छोरा आशिक पाण्डे मृत अवस्थामा फेला परेको थियो । मृत अवस्थामा फेला परेका उनीहरुको शव विभतस अवस्थामा रहेको घटनास्थलामा पुगेका सुरक्षाकर्मीले जानाकारी दिए ।

घटनास्थलमा प्रहरी पुगीसकेको छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अहिले अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ । घटना स्थलमा पुगेका प्रहरीका अनुसार एकजनाको शवको नाडी काटिएको र पेटमा छुरा हानेको अवस्थामा रहेको छ भने अन्य तीनको भने हत्या भएको आशंका प्रहरीको छ । प्रहरीले परिवारकै कोही सदस्यबाट हत्या गरेर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलिले सुक्ष्म रुपमा अनुसन्धान गरीरहेको छ । थप विवरण अनुसन्धान पछि नै खुल्छ एक प्रहरी अधिकारीले ईमाउण्टेन टीभी संग भएको टेलिफोन संवादमा भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);