बेपत्ता प्रहरी जवान साउँद मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बेपत्ता प्रहरी जवान साउँद मृत अवस्थामा फेला

धनगढी, ४ कार्तिक । गस्तीमा गएका बेला बेपत्ता भएका बेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरिक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको शव नदीमा भेटिएको बताउनुभयो । उहाँले प्रहरी सहायक निरिक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिनुभयो ।

अहिले घटनास्थलमा मुचुल्का बनाउने काम भइरहेकाले शव नदीबाट निकालिएको छैन् ।

गत शनिबार प्रहरी सहायक निरिक्षक बिकसँगै प्रज साउँद पनि गस्तीमा खटिएका बेला बेपत्ता भएका थिए ।

बिक विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउँदको समेत हत्या गरी नदीमा फालेका बयान प्रहरी समक्ष दिएका छन्।

उनीहरुले सुरुमा जवानकै हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोत बताउँछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);