आज बडा दशैंको चौंथो दिनः कुष्माण्डा भगवतीको पूजा आरधना गरिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज बडा दशैंको चौंथो दिनः कुष्माण्डा भगवतीको पूजा आरधना गरिदैं

काठमाडौं, ४ कार्तिक । आज बडा दशैंको चौंथो दिन, कुष्माण्डा भगवतीको पूजा आरधना गरि मनाइँदैछ ।

बडादशैं अन्तर्गत आजको दिन कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा रहेका छन् । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।

उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । राजधानी काटठमाडौं लगाएत देशभरका मन्दिर र शक्तिपीठहरुमा देवी दुर्गाका शक्तिपीठहरूमा पुजापाठ हुने भएपनि यस वर्ष कोरोना संक्रमणको जोखिम भएकाले शक्तिपीठहरु बन्द गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);