भैरहवास्थित एक पेट्रोल पम्पमा भीषण आगलागीः ३० हजार लिटर डिजल पनि नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भैरहवास्थित एक पेट्रोल पम्पमा भीषण आगलागीः ३० हजार लिटर डिजल पनि नष्ट

बुटबल, ४ कार्तिक । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ ।

सोमबार राति ८ बज सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा इन्धन खनाउने क्रममा एक्कासी आगलागी भएको हो ।

आगलागीबाट लु२ख १५४१ नम्बरको ट्यांकर पूर्णरुपमा नष्ट भएको छ भने ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ । आगलागीबाट मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते हुनुभएको छ ।

आगो सिद्धार्थनगर, तिलोत्तमा र बुटवल नगरपालिकाबाट गएका दमकलले आगलागी नियन्त्रणमा लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);