आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

fire

काठमाडौं । झापा, शिवसताक्षी नगरपालिका(२ मङ्गलबारे बजार बस्ने नन्दकला राईको घरमा सोमबार बिहान आगलागी भई छिमेकी नेत्रप्रसाद चिमरियाको घर तथा सोही घरमा रहेको दुर्गा बुढाथोकीको होटल समेत जलेर करिब ८८ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कपिलवस्तु, शिवराज नगरपालिका(५ चन्द्रौटा बस्ने मेवालाल गुप्ताको केबि अटो मोबाइल्समा मोटरसाइकलमा पेट्रोल हाल्ने क्रममा मेसिनमा आइतबार साँझ आगलागी हुँदा मेशिन जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार