घाँटी रेटि हत्या गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

घाँटी रेटि हत्या गर्ने पक्राउ

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नं।७ रंगपुरका दुई बालकको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्थानीय २५ वर्षिय छोरा फरमुल्लाह अंसारी भएको प्रहरीले जनाएको छ ।

गत मंगलवार विहान स्थानीय अब्दुल गफारका दुई छोराहरु ९ वर्षीया छोरा उशमान र ७ वर्षका अमिन अन्सारीको घाँटी रेटि हत्या गरिएको अवस्थामा स्थानीय मादर्शा परिषरमा शव फेला परेको थियो । सोमवार साँझ खेल्न निस्किएका उनीहरुको मंलगवार बिहान शव फेला परेको थियो ।

घटना भएको छैठौं दिन अभियूक्त सार्वजनिक गर्दै प्रहरीले अनुसन्धानबाट खुलेका विवरण सविस्तार जानकारी गराएको छ । बाराका प्रहरी नावय उपरिक्षक गौतम् मिश्रका अनुसार मृतक बालकहरुका बाबु गफार बिगत ३ बर्ष देखी बैदेशिक रोजगारीका क्रममा कतारमा छन् । यता उनकी पत्नी र अभियुक्त अंसारीका विच हिमचिमा बढेको रहेछ ।

मृतक बालकहरुले आफ्नी आमा र अभियुक्त बिचको गतिविधि थाहा पाई बाबु गफारलाई भनिदिने बताउँदै आएका थिए । मृतक बालककी आमालाई भाउजु नाता पर्ने अभियुक्तले छोराहरुलाई घर मैं छाडी छोरी लिएर भारत तिर गएर बसौं भन्दै गरेका रहेछन् । तर , महिलाले छोराहरु छाड्न नमाने पछी उनीहरुको हत्या भएको पाईयो ।

भागेर जाने सन्दर्भमा बच्चाहरु बाधक देखिए पछि ललाईफकाई एकान्तमा लगेर बालकहरुको हत्या गरेको अभियुक्तबाट स्विकार भएको डिएसपी मिश्रले बताए । उनीहरुका बिचमा आर्थिक लेनदेन समेत रहेको र पछिल्लो समय महिला अभियुक्तसँग टाँढिदै गएको समेत अनुसन्धानबाट खुल्न आएको छ । आँफुसँग टाँढिएकी महिलालाई पख देखाई दिन्छु भन्दै आएका अभियुक्त अंसारीले घटना घटाए र गाउँमा नैं लुकीछिपी बस्दै आएका थिए ।

घटनाको अनुसन्धानका क्रममा बिभिन्न ५० जनासँग बुझेको जनाएको प्रहरीले पोलिग्राफ समेतको प्रयोग गर्यो । प्रदेश २ प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक उमाशंकर प्रसाद साहको टोली र बाराका प्रहरी नायव उपरिक्षक गौतम् मिश्रको संयुक्त टोली घटनाको अनुसन्धान गरेको हो । अनुसन्धानका क्रममा पाईएका प्रयाप्त प्रमाणका आधारमा अंसारीलाई पक्राउ गरिएको डिएसपी मिश्रले बताए ।

पक्राउ परेका अंसारी माथी किटानी जाहेरी दर्ता गरी थप अनुसन्धान भैरहेको छ । उनी उपर कर्तब्य ज्यान मुद्दामा कार्वाहीका लागि प्रकृया अगाडी बढ्ने छ । आरोप प्रमाणित भए आजिवन काराबासको सजाँय अंसारीलाई हुँने डिएपी मिश्रले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);