नुवाकोटकाे एक घरमा आगलागी, करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नुवाकोटकाे एक घरमा आगलागी, करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट

aagolagi

नुवाकोट । पन्चकन्या गाउँपालिका ४ बनीटोल बस्ने ५५ वर्षीय केशव राज भण्डारीको घरमा आगलागी भएकाे छ ।

भण्डारीको घरमा उनकै नाती ४ वर्षीय प्रगेस भण्डारी खेल्ने क्रममा लाईटरले लुगामा बाल्दा आइतबार दिउँसो आगलागी भएकाे हाे ।

आगलागी हुँदा घर, सुनचाँदीका विभिन्न गहना, अन्नपात, काठपात लगायतका सामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

साथै सामान सार्ने क्रममा घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीया रविना भण्डारीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);