गोकर्णेश्वर जम्बुडाँडास्थित कारखानामा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गोकर्णेश्वर जम्बुडाँडास्थित कारखानामा आगलागी

काठमाडौं, ६ चैत। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडास्थित धागो रंगाउने कारखानामा आगलागी हुँदा ६ लाख रुपैँया बराबरको धनमाल जलेर नष्ट भएको छ ।

गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडास्थित बहादुर लामाको धागो रंगाउने कारखानामा शुक्रबार बिहान आगलागी हुँदा कम्प्युटर, भाँडावर्तन, ऊन, कच्चा पदार्थ र तयारी धागो गरेर करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

त्यसैगरी शुक्रबार सल्यान, कपुरकोट गाउँपालिका–२ दानबाङ बस्ने सुक बहादुर बुढाको घरमो आगलागी हुँदा नजिकैका ३ वटा घरसमेत जलेका छन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);