बंगलादेशस्थित खाद्य प्रशोधन कारखानामा आगलागी, कम्तीमा ४९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बंगलादेशस्थित खाद्य प्रशोधन कारखानामा आगलागी, कम्तीमा ४९ जनाको मृत्यु

एजेन्सी । बगंलादेशमा एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ जनाको मृत्यु भएको छ ।

राजधानी ढाकानजिक एक खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु भएको हो ।

बिहीबार राति मानिसहरु भवन भित्रै रहेको समयमा आगलागी भएको र थुप्रै कामदारहरु हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अग्निनियन्त्रक अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

आगलागीको कारण भने अझै पत्ता लागिसकेको छैन । प्रत्यक्षदर्शीका अनुसार छ तले भवनमा आगलागी हुँदा ज्यान जोगाउन हाम फाल्दा कैयौं कामदार घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);