गुजरातस्थित अस्पतालमा आगलागी हुँदा कम्तीमा १८ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

गुजरातस्थित अस्पतालमा आगलागी हुँदा कम्तीमा १८ को मृत्यु

एजेन्सी । भारतको गुजरातमा एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

गुजरातको भरुचस्थित अस्पतालमा शनिबार बिहान करिब साढे १२ बजेतिर सुरु भएको आगालागीमा परी कम्तीमा १८ को मृत्यु भएको हो ।

अस्पतालको कोभिड वार्डमा विजुली शर्त भएर सुरु भएको आगलागी एकैछिनमा आइसीयुसम्म फैलिएको थियो जसले गर्दा अस्पतालमा उपचाररत संक्रमितहरुको आगलागीका कारण मृत्यु भएको छ । अधिकांशको निशास्सिएर स्वासप्रश्वासमा समस्या भएर मृत्यु भएको बताइएको छ ।

आगलागी पछि अस्पतालमा भएका विरामीहरुलाई भारुच सिभिल हस्पिटल, शेवाश्रम हस्पिटल, गुजरात हस्पिटल र अल–महमुद जेनेरल हस्पिटलमा सारिएका छन् ।

अस्पतालमा लागेको आगलागी नियन्त्रणका लागि १२ भन्दा धेरै दमकलहरु प्रयोग भएका थिए भने विरामीहरु अन्य अस्पतालमा पु¥याउन करिब ४० एम्बुलेन्सहरुको प्रयोग भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले पीडित परिवारप्रति सम्वेदना प्रकट गरेका छन्।

भारतमा पछिल्लो केही महिना यता झण्डै आधा दर्जनभन्दा बढी कोभिडको उपचार भईरहेका अस्पतालहरुमा आगलागी भईसकेका छन् ।

यो पनि पढ्नुहोस

modi-xinping
कोरोनासँग लड्न भारतलाई चीनको सहयोगको प्रस्ताव
अष्ट्रेलिया र अमेरिकाले पनि लगायो भारतबाट आउने विमानमा प्रतिवन्ध

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);