उत्तरी मेसेडोनियाको एक अस्पतालमा आगलागी हुँदा १४ को मृत्यु, दर्जनौं घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उत्तरी मेसेडोनियाको एक अस्पतालमा आगलागी हुँदा १४ को मृत्यु, दर्जनौं घाइते

काठमाडाैं । उत्तरी मेसेडोनियाको एक अस्पतालमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमित भएकाहरूको उपचार हुँदै आएको तेतोभो सहरस्थित अस्पतालमा आगलागी भएको हो । आगलागी र यसबाट भएको मानवीय क्षतिबारे मेसेडोनियाली अधिकारीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराउँदै १४ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पुष्टि गरेका छन् ।

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्री वेन्को फिलिपेले बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । घाइते अवस्थामा उद्धार गरिएका कैयौँ व्यक्ति धुवाँको मुस्लोमा निशासिएर मृत्यु भएको र केहीलाई स्वासप्रश्वासमा समस्या रहेको छ भने करिब एक दर्जन गम्भीर घाइते रहेका छन् ।

मृतक तथा घाइतेका आपन्तजनले घटनाको शीघ्र छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);