भारतको छत्तिसगढमा अस्पतालमा आगलागी, ४ जना कोरोना संक्रमितसहित ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतको छत्तिसगढमा अस्पतालमा आगलागी, ४ जना कोरोना संक्रमितसहित ५ जनाको मृत्यु

एजेन्सी । भारतको छत्तिसगढ राज्यको राजधानी रायपुरको एक अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ ।

रायपुरको पचेडी नाका छेउमा रहेको निजी अस्पतालको आइसीयु कक्षमा बिद्युत शर्ट भई आगलागी हुँदा ४ जना कोरोना संक्रमितसहित ५ जनाको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार ५० जना कोरोना संक्रमित समेत गरी १ सय ४५ जना बिरामी उपचाररत सो अस्पतालमा आगलागी हुँदा बिरामीहरुबिच भागदौड मच्चिएको थियो ।

घटनामा केही बिरामी घाइते भएका छन् । आगलागीपछि बिरामीलाई अन्य अस्पतालमा सारिएको छ ।

एक बिरामीको आगलागीमा जलेर मृत्यु भएको थियो भने अर्का बिरामीको आगलागीका कारण असक्सिजन सप्लाई बन्द भएर मृत्यु भएको जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);