भारतको गुजरातमा रहेको एक कोरोना अस्पतालमा आगलागी, ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतको गुजरातमा रहेको एक कोरोना अस्पतालमा आगलागी, ८ जनाको मृत्यु

एजेन्सी, २२ साउन । भारत गुजरातको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा ८ जना बिरामीको मृत्यु भएको छ ।

नवरंगापुर क्षेत्रमा रहेको श्रेय अस्पतालमा बिहीबार बिहान करिब तीन बजेतिर आगलागी हुँदा उक्त संख्याका कोरोना बिरामीको मृत्यु भएको हो । त्यस्तै अस्पतालमा उपचाररत अन्य ४० जना कोरोना संक्रमित बिरामीलाई नजिकै रहेको अर्को अस्पतालमा सारिएको छ ।

मृत्यु हुने मध्ये तीनजना महिला रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विद्युत सट सर्किटका कारण आगलागी भएको र नियन्त्रणमा आइसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

आगो नियन्त्रणमा खटिएका सबै अग्निनियन्त्रकलाई क्वारेन्टीनमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);