भारतको महाराष्ट्रस्थित कोरोना अस्पतालमा आगलागी, १३ को मृत्यु, दजनौं घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतको महाराष्ट्रस्थित कोरोना अस्पतालमा आगलागी, १३ को मृत्यु, दजनौं घाइते

एजेन्सी। भारतको महाराष्ट्रस्थित विराज वल्लभ कोरोना अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।

मुम्बईबाट ७० किमीको दूरीमा रहेको अस्पतालमा आज बिहान साढे तीन बजेतिर आगलागी भएको हो । आगलागीमा परी १३ जना बिरामीको मृत्यु भएको र दर्जन बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा २३ देखि ६८ वर्षसम्मका नागरिक रहेको बताइएको छ । अस्पतालको आईसीयू वार्डमा आगलागी भएको र बिरामीहरुलाई नजिकैको अस्पतालमा स्थानान्तरण गरिएको अस्पताल प्रशासनको भनाई छ ।

विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिए पनि थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसअघि बुधबार महाराष्ट्रको नासिकको जाकिर हुसेन सरकारी अस्पतालमा अक्सिजन लिक हुँदा मर्मतका लागि ३० मिनेट सप्लाई बन्द भएपछि २२ जनाको मृत्यु भएको थियो ।

भारतमा अहिले कोरोना भाइरसको संक्रमण बढेसँगै राजधानी दिल्लीमा अक्सिजनको अभाव हुन थालेको छ । पछिल्लोे २४ घण्टामा भारतमा ३ लाख ३२ हजारभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ हजार २ सय ५६ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);