भारतमा कोरोनाको दोश्रो लहर थेग्न मुश्किल, एकै दिन ३ लाख ३२ हजारभन्दा बढी संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा कोरोनाको दोश्रो लहर थेग्न मुश्किल, एकै दिन ३ लाख ३२ हजारभन्दा बढी संक्रमित

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या तीन लाख ३२ हजार ७ सय ३० पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १७ लाख ४० हजार ५ सय ५० पीसीआर परीक्षणमध्ये ३ लाख ३२ हजार ७ सय ३० मा संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा संक्रमित हुनेको जम्मा संख्या एक करोड ६२ लाख ६३ हजार ६ सय ९५ पुगेको छ ।

यो पनि पढ्नुहोस

भारतको महाराष्ट्रस्थित कोरोना अस्पतालमा आगलागी, १३ को मृत्यु, दजनौं घाइते
कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा बिहीबारदेखि लकडाउन घोषणा
भारतमा कोरोना संक्रमण भयावह बन्दै, एकैदिन २१ सय भन्दा धेरैको मृत्यु

त्यसैगरी भारतमा संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या पनि तिब्र रुपमा बढी रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार २ सय ६३ ले संक्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा एक लाख ८६ हजार ९ सय २० ले संक्रमणका कारण ज्यान गुमाई सकेका छन् । हाल भारतमा २४ लाख २८ हजार ६ सय १६ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका एक लाख ९३ हजार २ सय ७९ सहित भारतमा एक करोड ३६ लाख ४८ हजार एक ५९ संक्रमणमुक्त भैसकेका छन् ।

भारतमा पछिल्लो दिनमा संक्रमणले भयावह रुप लिएसँगै अस्पतालहरुमा स्वास्थ्य उपकरण अत्याधिक अभाव हुन थालेको छ । अस्पतालमा स्वास्थ्य उपकरणका साथसाथै बेड तथा अक्सिजन अभावले पनि मृत्युदर बढ्न थालेको बताइएको छ ।

अक्सिजनको चरम अभावसँगै भारतको नयाँ दिल्लीमा औद्योगिक प्रयोजनका लागि अक्सिजन प्रयोगमा प्रतिबन्ध लगाइएको छ । भारतीय गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै एक राज्यबाट अर्को राज्यमा ढुवानीका लागि पनि कुनै अवरोध सिर्जना नगर्न भनिएको छ ।

भारतमा हालसम्म १३ करोड ६४ लाख ७८ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);