भारतमा कोरोना संक्रमण भयावह बन्दै, एकैदिन २१ सय भन्दा धेरैको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भारतमा कोरोना संक्रमण भयावह बन्दै, एकैदिन २१ सय भन्दा धेरैको मृत्यु

एजेन्सी । भारतमा कोरोना संक्रमण जोखिम दैनिक भयावह बनेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ३ लाख १४ हजार पुगेको छ ।

योसँगै भारतमा संक्रमित हुनेको जम्मा संख्या एक करोड ५९ लाख भन्दा बढि संक्रमित पुगेको छ ।

भारतमा कोरोनाको दोश्रो लहरमा संक्रमितको मृत्युदर पनि उच्च रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २१ सय भन्दा धेरैको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ८४ हजार भन्दा धेरै पुगेको छ ।

हाल भारतमा २२ लाख ९१ हजार भन्दा बढि सक्रिय संक्रमित रहेका छन् ।

भारतमा हालसम्म १३ करोड एक २३ लाख भन्दो धेरैले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);