भारतमा दैनिक संक्रमित संख्यामा हरेक दिन उच्च रेकर्ड, पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार भन्दा बढी संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा दैनिक संक्रमित संख्यामा हरेक दिन उच्च रेकर्ड, पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार भन्दा बढी संक्रमित

एजेन्सी, २७ चैत । दैनिक एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भईरहेको भारतमा पछिल्लो २४ घण्टामा पनि अहिलेसम्म कै उच्च संक्रमित फेला परेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३१ हजार ८ सय ९३ मा संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा संक्रमित हुनेको कुल संख्या एक करोड ३० लाख ५७ हजार ९ सय ५४ पुगेको छ । हाल भारतमा सक्रिय संक्रमित मात्रै ९१ हजार ३ सय १९ छन् ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा आठ सय २ संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा यो संख्या छ सय ८५ थियो । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ६७ हजार ६ सय ९४ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);